काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकालले बुझाएको समिक्षा प्रतिवदेनबारे प्रतिक्रिया दिएका छन् । ‘पार्टीभित्र ममाथि घृणित राजनीति भयो’ भन्दै ढकालले लामिछानेलाई प्रतिवेदन बुझाएका थिए ।
महामन्त्री ढकालले प्रतिवेदनको विषयलाई लिएर पार्टीले कारबाही गर्नसक्छ भन्ने डर व्यक्त गर्नुभएको छ भन्ने प्रश्नमा उनले भने, ‘वैचारिक रूपमा कडा प्रस्तुत हुँदा त्यस्तो होला की भन्ने चिन्ता हुन्छ ।’
तर, प्रतिवेदनमा जनताको कुरा आएको उनको भनाइ छ ।
‘पार्टीको महामन्त्रीले चिन्ता गर्नुभएको, समिक्षा गरेर आउनु भएकोले त्यसको सही ढंगबाट उपचार गर्नुपर्छ । उक्त कुरा जनता तथा नागरिकको प्रतिक्रियाबाट आएको हो नी ।’ लामिछानेले भने ।
पार्टीको तौरतरिकाअनुसार त्यसलाई मल्टिपल हिसाबले हेरिने उनले बताए ।
महामन्त्रीले पार्टीबारे चिन्ता गर्नु स्वाभाविक भएको लामिछाने बताउँछन् । ‘पार्टीलाई ठीक ढंगमा लैजाने, पार्टीलाई जुन ढंगले अगाडि बढाउनुपर्ने थियो, अहिलेसम्म के भयो ? यो नितान्त पार्टीभित्रको कुरा हो । यसमा सबैको चिन्ता रहन्छ ।’ उनले भने ।
यस्तै, माओवादी केन्द्र, नेकपा एमालेभन्दा काठमाडौं महानगरपाकिाका प्रमुख बालेन्द्र शाहसँग सहकार्य गर्नुपर्ने महामन्त्री ढकालको प्रस्तावमा लामिछानेले भने, ‘त्यो रणनीतिको कुरा हुन्छ, त्यसको व्याख्या हुनुपर्छ, मैले प्रतिवेदन पढ्न बाँकी छ ।’
Facebook Comment
Comment