इंग्ल्याण्ड र भारतको खेल हुने मैदान पूरै कभर नगरिएकोप्रति माइकल भोनको असन्तुष्टि

नेपालभ्युज

इंग्ल्याण्ड र भारतको खेल हुने मैदान पूरै कभर नगरिएकोप्रति माइकल भोनको असन्तुष्टि

काठमाडौं । आईसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबीच हुँदैछ ।

खेल गुयनामा नेपाली समयानुसार बेलुका ८:१५ बजे सुरु हुनेछ । उक्त खेल पानीले रद्द हुने उच्च सम्भावना रहेको छ ।

अहिले पनि सिमसिम पानी परिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मैदानको पिच अहिले पनि छोपिएको छ ।

यस खेलका लागि कुनै रिजर्भ डे छैन तर, २५० अतिरिक्त मिनेट छुट्याइएको छ ।

वर्षाका कारण खेल हुन नसके वा रद्द भए भारत सोझै फाइनलमा पुग्नेछ । किनकी भारतीय टोली समूह विजेता बनेर सुपर-८ मा पुगेको थियो भने इङ्ल्यान्ड समूह उपविजेता बनेर ।

तर, यसबीचमा भारतलाई सिधै फाइनलमा पुर्याउने अर्को खेल भइरहेको क्रिकेट विश्लेषकले आरोप लगाएका छन् ।

निरन्तर पानी परिरहँदा मैदान र पिचलाई जोगाउन पर्याप्त ध्यान नपुर्याइएको आरोप इंग्ल्यान्डका पूर्वक्रिकेटर माइकल भोनले लगाएका छन् ।

अहिले मनसुनको सिजन भएपनि मैदान पुरै कभर नगरिएकोमा उनको असन्तुष्टि छ ।

सकेसम्म खेल रद्द होस् र भारत सोझै फाइनलमा पुगोस् भन्ने चाहानाले यस्तो रणनीति बनाएको उनको आशय छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved