कोपा अमेरिकामा इक्वेडरको पहिलो जित, जमैकाको लगातार दोस्रो हार

नेपालभ्युज

कोपा अमेरिकामा इक्वेडरको पहिलो जित, जमैकाको लगातार दोस्रो हार

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिकामा इक्वेडरले पहिलो जित हासिल गरेको छ ।

समूह बी अन्तर्गत आज बिहान भएको खेलमा इक्वेडरले जमैकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा इक्वेडर भेनुजुएलासँग पराजित भएको थियो ।

पहिलो जितसँगै इक्वेडरले दुई खेलबाट ३ अंक जोडेको छ ।

जमैकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा जमैका मेक्सिकोसँग पराजित भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved