सूर्यकुमार यादवलाई उछिने ट्राभिस हेडले

नेपालभ्युज

सूर्यकुमार यादवलाई उछिने ट्राभिस हेडले

काठमाडौं । आईसीसीको पछिल्लो टी–२० वरीयतामा भारतका सूर्यकुमार यादवको दबदबा समाप्त भएको छ ।

आईसीसीको पछिल्लो वरियता अनुसार अष्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान ट्राभिस हेड यादवलाई पछि पार्दै विश्वकै नम्बर एक टी–२० ब्याट्सम्यान बनेका छन् ।

सूर्यकुमार यादव डिसेम्बर २०२३ देखि शीर्ष स्थानमा थिए ।

जारी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि हेडले पहिलो नम्बरमा परेका हुन् ।

हेडले दुई अर्धशतकको सहयोगमा प्रतियोगितामा २५५ रन बनाएका थिए, जसमा सुपर-८ मा भारतविरूद्धको ७६ रनको इनिङ पनि समावेश छ ।

हेड सूर्यकुमार भन्दा दुई अंकले अगाडि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved