नेपाल-भारतको खुला सीमाना दुवै देशका लागि अवसर हो : केशव झा

‘नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानुनले मात्रै चल्न सक्दैन । किनकि, यहाँ बहुआयामिक सम्बन्ध छ । खुला सीमा दुवै देशको लागि अवसर हो’, उनले भने ।

नेपालभ्युज

नेपाल-भारतको खुला सीमाना दुवै देशका लागि अवसर हो : केशव झा

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले नेपाल-भारतको खुला सीमाना दुवै देशका लागि अवसर भएको बताएका छन् ।

बुधबार वीरगंजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता-जनताबीच सम्बन्ध कायम रहेको बताए ।

‘नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानुनले मात्रै चल्न सक्दैन । किनकि, यहाँ बहुआयामिक सम्बन्ध छ । खुला सीमा दुवै देशको लागि अवसर हो’, उनले भने ।

नेपाल भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा ‘खुला सीमा- सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दुवै देशका व्यक्तिहरूको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved