अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

नेपालभ्युज

अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोल अन्तरले हरायो । लगातार दोस्रो जितसँगै समूह ए मा रहेको अर्जेन्टिना क्वार्टरफाइनमा प्रवेश गरेको हो ।

समूह ए मा बुधबार नै भएको अर्को खेलमा क्यानडाले पेरुलाई १–० ले हराएको छ । यो सँगै क्यानडाले पहिलो जित हासिल गरेको छ । पहिलो खेलमा क्यानडा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो ।

अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा पेरुसँग आइतबार खेल्नेछ भने सोही दिन क्यानडा चिलीसँग भिड्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved