केजरीवाल जेलमै रहने, उच्च अदालतबाट पाएनन् जमानत

नेपालभ्युज

केजरीवाल जेलमै रहने, उच्च अदालतबाट पाएनन् जमानत

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमै रहने भएका छन् ।

दिल्ली उच्च अदालतले मंगलबार कथित मदिरा रक्सी घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा केजरीवाललाई जमानत दिन अस्वीकार गरेको हो ।

यसअघि राउज एभिन्यू अदालतले केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतले त्यस आदेशलाई उल्टाउँदै जेलमा राख्न आदेश दिएको हो ।

एभिन्यू अदालतले केजरीवाललाई जमानत दिने क्रममा विवेक प्रयोग नगरेको उच्च अदालतको आदेशमा उल्लेख छ ।

एभिन्यू अदालतले जुन २० मा केजरीवाललाई जमानत दिएको थियो । तर, उच्च अदालतले २१ जुनमा ईडीको याचिकाका आधारमा त्यस आदेश कार्यन्वयनमा रोक लगाएको थियो ।

अब बुधबार सर्वोच्च अदालतमा दिल्लीका मुख्यमन्त्रीको जमानत याचिकामा फैसला हुने भएको छ ।

आम आदमी पार्टी भन्यो, ‘हामी उच्च न्यायालयको निर्णयसँग सहमत छैनौं । हामी सर्वोच्च अदालत जान्छौं । जमानतको आदेशलाई यसरी रोक्न मिल्दैन, सर्वोच्च अदालतले पनि त्यही भनेको छ ।’

सीएम केजरीवाललाई दिल्लीको अन्तःशुल्क नीतिमा कथित घोटालाको सम्बन्धमा यस वर्ष मार्च २१ मा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved