काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक कार्यक्रममा पटकपटक रोएका छन् । बोल्दाबोल्दै उनको गला अवरुद्ध भएको छ । नेपालमा सार्वजनिक कार्यक्रममै रुने उनी एक्ला नेता भने होइनन् । मन्त्री पदबाट बाहिरिँदा रामकुमारी झाँक्रीको रुवाइले निकै चर्चा पाएको थियो । केहीअघि विद्या भण्डारीको पनि गला अवरुद्ध भएको थियो ।
यी त भए घरेलु प्रसंग । नेपालका मात्रै होइन, अन्य विभिन्न देशका नेताहरू पनि रुन्छन् । यसै सन्दर्भमा बीबीसी हिन्दीले तयार पारेको यो सामग्री तपाईंहरूका निम्ति प्रस्तुत छ –
०००
धेरैको लागि यो अब पुरानो भइसकेको छ कि पुरूषहरू रूनुहुन्न । तर, राजनीतिक नेताहरू रूँदा के हुन्छ ? उनीहरू रूँदा के महसुस गर्छन् ?
हालै मात्र वेल्सका प्रथम मन्त्री वोन गेथिङ संसद्मा अविश्वासको प्रस्ताव पेश गर्नुअघि रोइरहेको देखिएको थियो । उनले पछि विश्वासको मत पाएनन् र पद गुमाए ।
यसरी गेथिङसहित विन्सटन चर्चिलदेखि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामासम्मका विश्वका नेताहरू, जो सार्वजनिक स्थानमा रोएका थिए ।
यसरी जनताका माझ रूने नेताहरूलाई बढी मानवीय वा प्रामाणिक मानिन्छ कि यो उनीहरूको कमजोरीको संकेत हो ?
गुटो ह्यारी नम्बर १० का पूर्वसञ्चार निर्देशक हुन् । उनले बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनको पालामा काम गरिसकेका छन् । उनी भन्छन्, ‘मानिसहरू तपाईंलाई उनीहरूको भावनाहरूसँग जोडिएको हेर्न, महशुस गर्न चाहन्छन् ।’
‘जनता नेतालाई कमजोर देख्न चाहँदैनन्’
तर, तितो सत्य यो हो कि जनता नेताहरूलाई कमजोर देख्न चाहँदैनन् । जतिसुकै दयालु भए पनि आफ्नो कोठामा रोएको भेटियो भने बलिया छैन भन्ने बुझिन्छ ।
ह्यारी भन्छन्, ‘कुनै पनि राजनीतिक नेताको लागि वास्तविक र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उसमा कत्तिको वास्तविकता छ भन्ने हो ।’
उनी थप भन्छन्, ‘स्वभाविक रूपमा आकर्षक नभएका मानिसहरूलाई मुस्कुराउन भनियो भने उनीहरू अनौठो देखिन सक्छन् । उदाहरणका लागि बेलायती राजननीतिज्ञ तथा पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन र बेलायतकै पूर्वप्रधानमन्त्री थेरेसा मे जस्ता व्यक्तिहरू एक हदसम्म यस्तै लाग्न सक्छन् ।’
‘यसको उत्कृष्ट उदाहरण एड मिलिब्यान्डले बेकन स्यान्डविच खाने प्रयास गरेको वा विलियम हेगले बच्चाहरूसँग बेसबल टोपी उठाउने प्रयास गरेको हो,’ उनी भन्छन् ।
उनीहरू अरूभन्दा आफूलाई फरक देखाउन खोज्दा नतिजा भोग्ने राजनीतिक नेताहरूमध्ये एक हुन् ।
‘नेताहरूको भावनाको मजाक नगर्नुहोस्’
राजनीति बाहिर र भित्र धेरै नेताहरू छन्, जसलाई जनताले क्यामेरामा रोएको देखेका छन् । बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल सार्वजनिक रूपमा रूनेका लागि परिचित थिए ।
सन् १९९७ मा याट सेवाबाट हटाइँदा बेलायतकी महारानी आफ्नो आँसु पुछ्दै देखिएकी थिइन् । सन् २०१९ मा पनि उनी सेनोटाफमा रिमेम्बरेन्स आइतबार सेवाको समयमा रोइरहेको देखिन्थिन् ।
सन् २०१३ मा मार्गरेट थ्याचरको पार्थिव शवलाई गाड्ने क्रममा चान्सलर जर्ज ओसबोर्नको आँखामा आँसु देखिएको थियो ।
आफ्नो कार्यकालमा पूर्व अमेरिकी राष्ट्रपति ओबामा धेरै कुरालाई लिएर सार्वजनिक रूपमा रोएको देखिन्छ ।
उनी सन् २०१२ मा स्यान्डी हुक नरसंहार र सन् २०१५ मा एरिथा फ्र्याङ्कलिनको प्रदर्शनमा रोइरहेको देखिएका थिए । टेरेसा मे सन् २०१९ मा प्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णयको घोषणा गर्दा रोएकी थिइन् ।
जसरी गेथिङ रोइरहेका थिए र उनलाई वेल्श सरकारका प्रमुख सचेतक जेन हटले शान्त पार्न खोजिरहेका थिए । जुन सोसल मिडियामा भाइरल भएको थियो । जहाँ टिस्यु पेपरले आँसु पुछिरहेको देखिन्थो ।
क्यामेरामा उनले आँसु बगाएको देखिएकाले मानिसहरूले यसलाई ‘गोहीको आँसु’ भन्दै आलोचना गरेका थिए । ‘लाजमर्दो’, ‘सानो बच्चा रोएको’ भन्दै नकारात्मक टिप्पणी गरिएको थियो ।
तर, ह्यारी विश्वास गर्छन्, ‘ती आँसु वास्तविक थिए । यस्ता अवसरमा हुने भावनात्मक चोटलाई कम आँकलन गर्न हुँदैन ।’
‘मैले बोरिसको निकास धेरै नजिकबाट हेरेँ,’ उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत अनुभव हो । त्यो एकदम भावुक क्षण थियो । मैले उनको निराशाजनक क्षणहरू पनि देखेको थिएँ । तर, यो सबै सामान्यतया बन्द ढोका पछाडि हुन्छ ।’
पुरूष रूनुलाई कुनै समय कमजोरी मानिन्थ्यो, तर अब होइन । झुटो आँसु निकालेर जनताको सहानुभूति पाउन खोज्नुचाँही जोखिमपूर्ण कार्य हो ।
‘राजनीति वा जीवनको कुनै पनि क्षेत्रमा धेरै पटक निराशा र बेचैनीका क्षणहरू आउँछन् । जस्तो कि तपाईको पार्टनरले तपाईंलाई छोडेको समयमा । तपाई चाहनुहुन्छ कि मानिसहरूले तपाईंलाई दया गरून् । तर, यो अपील यति शक्तिशाली छैन कि मानिसहरूले तपाईंलाई सजिलै विश्वास गर्न सकुन्’, उनी भन्छन् ।
बर्नार्ड क्याप, वारविक विश्वविद्यालयको इतिहास विभागका एमेरिटस प्रोफेसर र ब्रिटिश एकेडेमीका फेलो हुन् । उनी भन्छन्, ‘इतिहासभरि सार्वजनिक रूपमा रूने मानिसहरूको धारणा धेरै पटक परिवर्तन भएको छ ।’
‘यो पेन्डुलम जस्तै छ,’ उनी भन्छन् । प्राचीन ग्रीस वा रोम वा मध्ययुगीन इङ्गल्याण्ड जस्ता धेरै कालखण्डहरूमा पुरूषहरूले आफ्ना भावनाहरू खुलेर व्यक्त गर्दै रूने गर्थे ।
तर, पुनर्जागरण अवधि जस्तै- अन्य अवधिहरूमा अर्थात् १८ औं र २० औं शताब्दीको प्रारम्भमा यो भावनाहरू नियन्त्रण गर्न सही मानिन्छ ।
उनी आजको युगमा राजनीति, खेलकुद जस्ता क्षेत्रमा जनताले खुलेर आफ्ना भावना व्यक्त गर्ने गरेको बताउँछन् ।
क्याप भन्छन्, ‘कम्पनीको सञ्चालक समितिबाट हटाइएपछि एकजना ठूला व्यापारी नेता रोएको सोच्नै नसकिने कुरा हो । तर, राजनीतिमा थ्याचर र थेरेसा मे दुवै पद छोड्दा रोए । त्यस्तै, विन्स्टन चर्चिल पनि हाउस अफ कमन्समा रोएका थिए ।’
‘आँसु लुकाउन आवश्यक छैन’
थ्याचर र मे दुवै दु:खी देखिन्थे, पद छोडेर जाँदा । जबकि बेलायती पूर्वप्रधानमन्त्री डेभिड क्यामरून राजीनामाको समयमा गुनगुनाउँदै देखिएका थिए । यसो गरेर उसले आफूमाथि आफ्नो नियन्त्रण रहेको देखाउन खोजेको देखिन्थो ।
सार्वजनिक स्थानमा रूनुलाई कसरी हेरिन्छ ?
उनी भन्छन्, ‘गेथिङको मामला धेरै आत्म-दयाको मामला हो । यो स्वीकार्य छैन । धेरै डी-डे वेटरन्समा दिग्गजहरूको आँखामा आँसु देखिएको थियो ।’
मार्क बोर्कोस्की एक संकट पीएआर सल्लाहकार हुन्, जसले प्रमुख अन्तर्राष्ट्रिय व्यक्तित्वहरू र ठूला कम्पनीहरूको लागि काम गर्दछ ।
सार्वजनिक स्थानमा रोएपछि गेथिङलाई सल्लाह दिनुपर्यो भने के भन्नुहुन्छ भन्दा उनले भने, ‘आँसु लुकाउनु पर्दैन ।’
‘यसको फाइदा लिनुपर्छ । तर, यसमा धेरै निर्भर नसोच्नुहोस् । तपाईं आफ्नो प्रामाणिकता प्रमाणित गर्न अन्य विधिहरू पनि प्रयोग गर्न सक्नुहुन्छ’, उनी भन्छन् ।
‘मानिस कमजोर छ, यसलाई स्वीकार गर्नुपर्छ’
मार्क बोर्कोव्स्की भन्छन्, ‘बेलायती जनता अब राजनीतिज्ञहरूको तर्फबाट आफ्ना भावनाहरू व्यक्त गर्न अझ खुला छन् ।’
‘राजनीतिक नेताहरूले जनतासामु आफ्नो शक्ति देखाउने अपेक्षा कहिले गर्ने ? तर, हामी मानिस हौँ र कमजोर पनि हुन्छ । हामी गल्ती गर्छौँ र संसारले स्वीकार गर्दछ । कोही पनि सिद्ध हुँदैन । तर, जनतामा इमानदारी कायमै राख्नुपर्छ’, उनी भन्छन् ।
यी कुरालाई कसरी छाडेर अगाडि बढ्ने भन्ने विषय महत्त्वपूर्ण रहेको उनी बताउँछन् । संकटमा सधैं अवसर हुने उनको भनाइ छ ।
भारतमा नेताहरूको रोदन
यी हुन् विश्वभरका नेताहरूको भनाइ, भारतीय सन्दर्भमा केही उदाहरण छन् । भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी पनि सार्वजनिक रूपमा रोएकी थिइन् ।
लालकृष्ण आडवाणी पनि धेरै पटक भावुक भएको देखियो ।
धेरै टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री नरेन्द्र मोदी भावुक देखिएका छन् । चुनावी सभाहरूमा पनि प्रधानमन्त्री मोदी धेरै पटक भारी गला बोकेर बोलेको सुनिएको थियो ।
Facebook Comment
Comment