कोपा अमेरिकामा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकियो

नेपालभ्युज

कोपा अमेरिकामा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकियो

काठमाडौं ।  कोपा अमेरिका फुटबलमा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकिएको छ ।

आज बिहान भएको खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको हो । खेल अवधि भर कोस्टारिकालाई दबाबमा राखेको ब्राजिलले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भयो ।

समूह डी मा रहेको ब्राजिल स्ट्राइकर नेइमार बिनै मैदानमा आएको थियो ।

सोही समूहको आजै भएको अर्को खेलमा पाराग्वेलाई २–१ ले पराजित गर्दै कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तरगत भोलि बिहान पेरु र क्यानडा तथा चिली र अर्जेन्टिना आमने सामने हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved