रास्वपाले बनायो राजदूत सिफारिस सम्बन्धी मापदण्ड, आम नागरिकले निवेदन दिन पाउने

नेपालभ्युज

रास्वपाले बनायो राजदूत सिफारिस सम्बन्धी मापदण्ड, आम नागरिकले निवेदन दिन पाउने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको राजदूत सिफारिस सम्बन्धी मापदण्ड तयार पारेको छ ।

उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल र सोविता गौतम रहेको समितिले ४ पृष्ठ लामो मापदण्ड बनाएको हो ।

समितिले निर्माण गरेको मापदण्ड आजै सभापति रवि लामिछानेलाई बुझाएको छ । सोही मापदण्डमा रहेर पार्टीले राजदुत सिफारिश गर्ने सदस्य शिशिर खनालले बताए ।

यसकालागि पार्टीले सार्वजनिक आह्वान गरेर नाम माग्ने छ । आम नागरिकले राजदुतका लागि निवदेन दिन सक्ने छन् ।

मापदण्ड भित्र पर्ने जो कोहीलाई पनि सिफारिस गर्न सकिने खनालले बताए । रास्वपाको भागमा दुई राजदुत परेका छन् । यद्यपी रास्वपाले पाउने देशको भने टुङ्गो लागेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved