गर्मीमा धेरै पाउडर लगाउँदा यस्ता समस्या आउन सक्छन्

नेपालभ्युज

गर्मीमा धेरै पाउडर लगाउँदा यस्ता समस्या आउन सक्छन्

एजेन्सी । गर्मी मौसममा मानिस चिसो महसुस गराउन तथा घमौराबाट बच्न पाउडरको धेरै प्रयोग गर्छन् । पाउडर लगाउँदा छालालाई चिसो महसुस त हुन्छ, तर यसका नोक्सानि पनि छन् ।

पाउडरले गर्दा छाला सुख्खा हुन थाल्छ । साथमा यसले छालामा रुखोपन ल्याउँछ । त्यसैले धेरै पाउडरको प्रयोग गर्नबाट बच्नुपर्छ ।

पाउडरको धेरै प्रयोग गर्दा र्‍यासेज पनि हुन्छ । पाउडर सुक्ने भएकाले छाला सुख्खा हुन्छ र चिलाउने गर्छ । त्यसपछि र्‍यासेज आउँछ ।

अत्यधिक प्रयोगले पाउडरमा पसिना मिसिन्छ जसले गर्दा छालामा संक्रमणको खतरा बढ्छ । संक्रमण शरीरमा फैलँदै गयो भने समस्या हुन सक्छ ।

पोर्सहरुले छालाको फोहोर बाहिर निकाल्छन् । तर पाउडरको धेरै प्रयोगले पोर्सहरु बन्द हुन्छन् । पोर्स बन्द भएपछि फोहोर छालामा रहिरहन्छ र धेरै प्रकारका समस्या हुन सक्छन् ।

छालाबाहेक पाउडरले फोक्सोसँग जोडिएका समस्या पनि हुन सक्छन् । पाउडर अनुहार, घाँटीको वरिपरि लगाउँदा साना साना कण मुखबाट भित्र जान्छन् । जसले स्वाससँग जोडिएका समस्या पनि ल्याउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved