बुटवल उपमहानगरले ल्यायो झन्डै तीन अर्बको बजेट 

नेपालभ्युज

बुटवल उपमहानगरले ल्यायो झन्डै तीन अर्बको बजेट 

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ९९ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आइतबार उपमहानगरको १५ औं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले नगर चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको वार्षिक बजेट तथा कार्यक्रम पेस गरेकी हुन् ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्टाइएको जानकारी दिइन् ।

आगामी आवमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने उपमहानगरले अनुमान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved