जीबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन : सांसद महत

नेपालभ्युज

जीबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी, काम उल्टो गर्ने बाटोमा हिँडेको बताए ।

आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए । उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरू कुनै पनि दिगो र सत्य नभएको दाबी गरे ।

उनले जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्नेकुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको बताए ।

उनले जीबी राईलाई पक्राउ गर्न गृहमन्त्री नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए आफैँ फस्न सक्ने डर रहेको बताए ।

उनले भने, ‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ । उहाँको अहिलेसम्मको जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनै पनि दिगो हुनेकुरा, सत्य कुरा छैन । उहाँले जीबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो । कुनै त्यस्तो ल्याउने नियत देखिँदैन । उहाँलाई आयो र उसले बयान दियो भने झनै अप्ठ्यारोमा पर्नसक्छु भन्ने लागेको हुनसक्छ । कुरा बढी, काम उल्टो छ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved