सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार, सिफारिस फिर्ता लिन प्रधानमन्त्रीलाई अनुरोध

नेपालभ्युज

सुशील प्याकुरेलद्वारा राजदूत पद अस्वीकार, सिफारिस फिर्ता लिन प्रधानमन्त्रीलाई अनुरोध

काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस गरेका सुशील प्याकुरेलले सो पद अस्वीकार गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो अस्वीकारोक्तिको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्को असार ७ गतेको बैठकले उनलाई राजदूतमा सिफारिस गरेको थियो ।

विज्ञप्तिमा उनले आफूलाई राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नदिइएको बताएका छन् ।

‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’, विज्ञप्तिमा उल्लेख छ ।

उनले आजै (आइतबार) प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिन अनुरोधसहितको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराएको पनि जानकारी गराएका छन् ।

यस्तो छ प्याकुरेलको विज्ञप्ति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved