नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ३७ करोड 

नेपालभ्युज

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब ३७ करोड 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५ दशमलव ३७ अंकले घटेर २०६२ दशमलव ९४ को विन्दुमा पुगेको छ ।

आइतबार ३१७ कम्पनीका ६१ हजार ५ सय १३ पटकको कारोबारमा ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४ सय ५८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ० दशमलव ६३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ३६ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १५ अंकले घटेको छ ।

१३ उपसमूहमा फाइनान्स, अन्य र व्यापार कम्पनी बढेको छ भने बाँकी १० वटा घटेको छ । आज फाइनान्स कम्पनी सर्वाधिक बढेको छ । भने, होटेल र पर्यटन सर्वाधिक घटेको छ ।

आइतबार पोखरा फाइनान्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved