काठमाडौं । इजरायली सेनाले गाजा सहरमा गरेको हवाइ हमलाका कारण ३८ जनाको मृत्यु भएको छ ।
विष्फोटपछि सो क्षेत्रमा भूकम्पको धक्का जस्तो महशुस भएको थियो ।
विष्फोटमा अन्य धेरै घाइते भएको हमासले जनाएको छ । इजरायली सेनाका लडाकु विमानहरूले हमासको सैन्य पूर्वाधार क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।
इजरायली सेनाको आक्रमणपछि सो क्षेत्रमा धुलोले पुरिएका मानिसहरू घाइतेहरूलाई बोकेर भग्नावशेषमा बाँचेकाहरुको खोजी गरिरहेको भिडियो फुटेजहरुमा देखिएको छ ।
इजरायली मिडियाले हवाइ हमला हमासका वरिष्ठ अधिकारीलाई लक्षित गरेको दाबी गरेको छ ।
गाजा शहरका नागरिक रक्षा प्रवक्ता हुसेन मुहैसेनले एएफपीलाई भने कि आक्रमणको प्रभाव भूकम्प जस्तै त्रासदी पूर्ण थियो ।
इजरायली सेनाले एक घाइते प्यालेस्टिनी व्यक्तिलाई सेनाको गाडीको अगाडिको बनेटमा बाँधेर गाडी कुदाएको दृष्य पनि सार्वजनिक भएको छ ।
एम्बुलेन्सको गुहार मागिरहेका घाइतेलाई गाडीको बनेटमा बाधेर लैजानु युद्धको आचारसंहिता विपरित भएको भन्दै इजरायली सेनाको आलोचना भएको छ ।
इजरायली सेनाले छापा मार्ने क्रममा भएको गोलीबारीमा ती व्यक्ति घाइते भएका थिए ।
एम्बुलेन्स मागेपछि सेनाले उनलाई जिपको बोनेटमा बाँधेर लगेको घाइतेका परिवारले बताएका छन् ।

Facebook Comment
Comment