करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

नेपालभ्युज

करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

काठमाडौं ।  गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् ।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन् ।

नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङले  फस्ट रनरअपको उपाधि जितिन् भने  सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । विजेताहरुले ट्रफीसँगै नगद पुरस्कार प्राप्त गरे ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।

चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ का निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved