काठमाडौंमा टिपर र स्कुटर ठोक्किँदा घाइते भएकी महिलाको मृत्यु

नेपालभ्युज

काठमाडौंमा टिपर र स्कुटर ठोक्किँदा घाइते भएकी महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

बा३क ३०५३ नंको टिपर र बा प्र ०२–०३९ प ९९५२ नंको स्कुटर शुक्रबार एकापसमा ठोक्किँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “दुर्घटनामा गम्भीर घाइते भएकी निज श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा शनिबार मृत्यु भएको छ, दुर्घटनामा घाइते भएका स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।”

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको प्रवक्ता कार्कीले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved