प्रधानमन्त्री प्रचण्ड भन्छन् – हाम्रो जादूयी नम्बर छ, सरकारबाट हटाउन सजिलो छैन

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड भन्छन् – हाम्रो जादूयी नम्बर छ, सरकारबाट हटाउन सजिलो छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार पूरै कार्यकाल रहने बताएका छन् ।

शनिबार तामाङ राष्ट्रियमुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार ढल्ला भनेर हल्ला चलिरहेकोबीच डेढ वर्ष कटिसकेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री भएको सुरुका दिनतिर मलाई नी लाग्थ्यो, सरकार ढल्छ की भनेर । जति दिन बसिन्छ भ्रष्टाचारविरुद्ध काम गर्छु भनेर लागेको अहिले डेढ वर्ष भइसक्यो ।’

‘परिस्थिति मिल्यो भने पूरै अवधि बसिन्छ, ढुक्क भएर काम गरे हुन्छ, ’ उनले थप भने ।

माओवादी केन्द्रलाई सरकारबाट हटाउन सहज अवस्था नरहेको प्रचण्डको भनाइ छ ।

‘हाम्रो इतिहास, मुद्दा र जादूयी नम्बरका कारण सरकारबाट हटाउन सजिलो छैन, थोरै भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादू नम्बर छ ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved