एक महिनामा कम हुनेछ दुब्लोपना, यसरी खानुहोस् आलु

नेपालभ्युज

एक महिनामा कम हुनेछ दुब्लोपना, यसरी खानुहोस् आलु

एजेन्सी । तपाईं दुब्लोपना र पातलो शरीरले दिक्क हुनुभएको छ भने आफ्नो खानपानमा केही परिवर्तन गर्नुपर्दछ ।

यस्तोमा तपाईंले खानामा आलु सामेल गरेर पनि तौल बढाउन सक्नुहुन्छ । आउनुहोस्, जानौं तौल बढाउन आलुको सेवन कसरी गर्नुपर्दछ भन्नेबारे ?

आलुमा कार्बोहाइड्रेट, क्यालोरी, फाइबर, पोटाशियम, भिटामिन सी र बी ६ जस्ता कयौं जरुरी पोषक तत्व पाइन्छन्, जसले तौल बढाउन सहयोग गर्छन् ।

प्रोटिन, क्याल्सियम, भिटामिन बी १२ र प्रोबायोटिक्सले भरपूर दही आलुसँगै खाँदा तपाईंको तौल बढ्न सहयोग हुनेछ । दैनिक यस्तो मिश्रण सेवन गर्न सक्नुहुन्छ ।

तपाईं चाहनुहुन्छ भने तौल बढाउन दैनिक कालो नुन राखेर सादा आलु उसिनेर पनि सेवन गर्न सक्नुहुन्छ । यसले पनि तौल बढ्नेछ । एक महिनामा दुब्लोपन कम गर्न दैनिक २५ देखि ५० ग्राम आलु खान सकिन्छ ।

यसरी नै तपाईं आलुलाई दुधमा मिसाएर पनि खान सक्नुहुन्छ । यसका लागि उसिनेको आलु मिचेर दुधमा घोल्नुहोस् र खानुहोस् । यसमा स्वादको लागि मह मिसाउन पनि सक्नुहुन्छ । यसले तीव्र गतिमा तौल बढ्नेछ ।

त्यस्तै, घ्यूसँग आलु पनि एकदमै स्वादिष्ट हुन्छ । साथमा यो तौल बढाउन राम्रो विकल्प हो । दैनिक रुपमा घ्यूमा आलु भुटेर वा उसिनेको आलुमा घ्यूले झानेर पनि खान सक्नुहुन्छ ।

तौल बढाउन दैनिक रुपमा आलुलाई मिचेर थोरै नुन र मसाला राखेर सुप बनाएर खानुहोस् । एक महिनामा दुब्लोपन कम गर्न यस्ता उपाय अपनाएर आलुको सेवन गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved