दुई वटी श्रीमतीसँग बिगबोसमा देखिँदै अरमान

नेपालभ्युज

दुई वटी श्रीमतीसँग बिगबोसमा देखिँदै अरमान

एजेन्सी । बिग बोस ओटीटी सीजन-३ का लागि प्रतियोगीको चुनाव भइसकेको छ । धेरै युट्यूब इन्फ्लुएन्सरको नाम अगाडि आएको छ । कोही एक्लै तथा कोही जोडीसँग सहभागी हुँदैछन् ।

बलिउड अभिनेता अनिल कपूर प्रस्तोता रहेको यस कार्यक्रममा सहभागी हुने पहिलो नाम डिजिटल क्रिएटर सना सुल्तानको छ ।

त्यस्तै, हालै ‘वडा पाव गर्ल’ को रुपमा चर्चित चन्द्रिका र नागपुरका डली चायवाला पनि बिग बोसको घरमा पुगिसकेका छन् ।

त्यस्तै, टेलिभिजनकी चर्चित अभिनेत्री पालोमी दास, सना मकबुल र टेलिभिजन अभिनेता साई केतन राव पनि बिग बोस ओटीटी ३ मा सहभागी हुनेछन् ।

त्यस्तै, दुई वटी श्रीमतीसहित युट्युबमा चर्चित भएका अरमान मलिक पनि आफ्ना दुवै श्रीमतीसँग शो मा देखिनेछन् ।

अर्की डिजिटल क्रिएटर सिवानी सिंह, दिपक चौरासिया समेत कयौं कलाकार पनि समावेश हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved