भारतीय क्रिकेट टोलीको प्रशिक्षक बन्नेबारे के भन्छन् गौतम गम्भीर ?

नेपालभ्युज

भारतीय क्रिकेट टोलीको प्रशिक्षक बन्नेबारे के भन्छन् गौतम गम्भीर ?

काठमाडौं । भारतका पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने खबर बाहिर आइरहेको छ ।

यसैबीच कोलकातामा भएको एक कार्यक्रममा गम्भीरले मुख्य प्रशिक्षक बन्न लागेकोबारे मुख खोलेका छन् । उनले भने, ‘मैले धेरै अगाडि सोचेको छैन । अहिले यसको जवाफ दिन गाह्रो छ ।’

‘अहिले म भन्न सक्छु कि म यहाँ खुसी छु । मैले भर्खर केकेआरसँग आईपीएल यात्रा पूरा गरें । हामी तेस्रो पटक च्याम्पियन बन्यौं । हामी सबैले धेरै आनन्द उठायौं ।’ उनले थप भने ।

‘अब जे हुन्छ भविष्यमा देखिनेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि अहिले म धेरै खुसी ठाउँमा छु ।’

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल जुनमा सकिँदैछ । त्यसैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ प्रशिक्षकको खोजीमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved