काठमाडौं । आज र भोलि २ देखि पाँच घण्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ ।
मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ केभी सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
आज ११ केभी इन्कमरअन्तर्गत मातातीर्थ, सतुंगल, मच्छेगाउँ र फर्पिङ फिडरअन्तर्गतका स्थानहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।
यसैगरी ११ केभी मातातीर्थ फिडरअन्तर्गतका स्थानहरूमा आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म, सतुंगल फिडरमा आइतबार बिहान १२ बजेदेखि २ बजेसम्म, मच्छेगाउँ फिडरमा भोलि दिउँसो २ देखि ४ बजेसम्म र फर्पिङ फिडरअन्तर्गतका स्थानहरूमा दिउँसो अपराह्न ४ बजेदेखि ६ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका स्थानहरूमा पनि आज बिजुली अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । नयाँ फिडर चार्ज गर्नका लागि साँखु फिडर सटडाउनमा राख्नुपर्ने भएकाले उक्त फिडर अन्तर्गतका माया पाटी, इन्द्रायनी, साँखु, जरसिंह पौवा, नांगलेभरे लगायतका स्थानमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ ।

Facebook Comment
Comment