दुई दिने राजकीय भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री भारतमा

नेपालभ्युज

दुई दिने राजकीय भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री भारतमा

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना दुई दिवसीय राजकीय भ्रमणका क्रममा शुक्रबार भारत पुगेकी छन् ।

भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, “बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुग्नुभएको छ, विमानस्थलमा राज्यमन्त्री कीर्तिवर्धन सिंहले उहाँलाई स्वागत गर्नुभयो । बङ्गलादेश भारतको प्रमुख साझेदार र विश्वसनीय छिमेकी हो । भ्रमणले यो प्रतिष्ठित द्विपक्षीय साझेदारीलाई ठूलो बढावा दिनेछ ।”

विदेश मन्त्रालयलका अनुसार १८औँ लोकसभा निर्वाचनपछि भारतमा सरकार बनेपछि यो पहिलो द्विपक्षीय राजकीय भ्रमण हो ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय परामर्शबाहेक प्रधानमन्त्री हसिनाको राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग भेट गर्ने कार्यक्रम छ ।” विदेशमन्त्री एस जयशङ्करले पनि प्रधानमन्त्री हसिनासँग भेट गर्ने कार्यक्रम छ ।

जुन ९ मा प्रधानमन्त्री मोदी र केन्द्रीय मन्त्रिपरिषद्को सपथ ग्रहण समारोहमा भाग लिने अन्तर्राष्ट्रिय नेताहरूमा हसिना पनि थिईन् ।

पछिल्ला केही वर्षमा भारत र बङ्गलादेशले साझा इतिहास, संस्कृति र भौगोलिक निकटतासहितको बहुआयामिक सम्बन्ध बनाएका छन् । प्रधानमन्त्री मोदी र हसिनाको नेतृत्वमा दुवै छिमेकीबीचको सुमधुर सम्बन्ध अझ विस्तारित भएको छ ।
एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved