दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई दियो १६४ रनको लक्ष्य

नेपालभ्युज

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई दियो १६४ रनको लक्ष्य

काठमाडौं ।   आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–८ को खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

सेन्ट लुसियास्थित डारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डिककले  ३८ बलमा चार छक्का र चार चौकासहित ६५ रन बनाए ।

यस्तै, डेविड मिलरले २८ बलमा चार चौका र दुई छक्कासहित ४३ रन बनाए ।  २५ बलमा  १९ रन जोडेका रीजा हेन्ड्रिक्सले एक चौका प्रहार गरे  ।

इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले तीन, आदिल राशिद र मोइन अलीले एक/एक विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा अमेरिका र  इंग्ल्याण्डले वेस्ट इण्डिजलाई  हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved