रामहरि श्रेष्ठ हत्या प्रकरण : कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

नेपालभ्युज

रामहरि श्रेष्ठ  हत्या प्रकरण : कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं ।  उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त  इजलासले सो मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर  गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ मा पुर्पक्षमा राख्न आदेश गरेको थियो । उक्त आदेश बदरको माग गर्दै खाम पक्षले उच्च अदालत पाटनमा रिट दायर गरेकोमा उच्च अदालत पाटन हेटौँडा इजलासले उनलाई थुनामा नै राख्न आदेश गरेको हो ।

जनमुक्ति सेनाका पूर्वकमाण्डर रहेका  खाममाथि कोटेश्वर बस्ने रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । उनी  गत चैत २० गते काठमाडौँबाट पक्राउ परेका थिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved