काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यका लागि प्रयास गर्ने बताएका छन् ।
शुक्रवार रास्वपाको स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङदेनले सहकार्य गरेर अघि बढ्नका लागि संवादमा नै रहेको दाबी समेत गरे । सञ्चारकर्मीहरुले दुई पार्टी मिलेर अघि बढे संसदमा ठूलो राजनीतिक शक्ति बन्नेतर्फ ध्यानाकर्षण गराएका थिए । जवाफमा अध्यक्ष लिङदेनले त्यसका लागि प्रयत्न गर्ने प्रतिक्रिया दिए ।
विगतमा पनि निर्वाचन सकिएलगत्तै आफ्नो पार्टीले रास्वपासँग सहकार्यका लागि प्रयास गरेको भएपनि सफल नभएको उनले बताए । अध्यक्ष लिङदेनले रास्वपाको प्रवेशले पनि संसदको काम गर्ने शैलीमा सुधार आउन नसकेको पनि औंल्याए ।
उनले भने,‘आज चाहीँ शुभकामना दिने दिन हो । हामी खुशी छौँ कि नेपालको राजनीतिमा एउटा नयाँ दलको रुपमा स्थापना भएर पनि चाँडै यो तहको प्रगति गरेको छ । जनताको आशा, विश्वास अथवा जसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन विश्वासका साथ मत दिएको थियो । उनीहरुको विश्वासमाथि कुनै पनि प्रकारको धोका हुने काम राष्ट्रिय स्वतन्त्र पार्टीबाट नहोस्, म त्यो भन्न चाहन्छु ।’
उनले जनताको विश्वास पनि घात गर्ने खालको कुनैपनि गतिविधि नगर्न पनि रास्वपालाई सचेत गराए ।
Facebook Comment
Comment