दुग्ध विकास बोर्डमा राजेन्द्र यादव नियुक्त

नेपालभ्युज

दुग्ध विकास बोर्डमा राजेन्द्र यादव नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।

कानुनमन्त्री पदम गिरीका अनुसार  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको  हो ।

यस्तै  बैठकले  प्रतिलिपि अधिकार सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल, सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved