काठमाडौं । आईसीसी टी–२० विश्वकपमा टोलीको खराब प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)ले पुरानो छनोट समिति प्रणालीमा फर्कांउने तयारी थालेको छ ।
अहिले आधिकारिक रुपमा पाकिस्तानमा खेलाडी चयनकर्ता टोली छैन । पीसीबीले नै खेलाडी छनोट गर्दथ्यो । तर, अब बोर्डले टोलीमा ठूलो परिवर्तनका लागि चयनकर्ता तोक्ने तयारी थालेको छ ।
पाकिस्तानी मिडिया रिपोर्टका अनुसार ‘अब बोर्ड पुरानो प्रणालीमा फर्कन सक्छ, जसमा एक प्रमुख चयनकर्ता र दुई वा तीन जना सदस्यहरु । त्यसमा कप्तान र मुख्य प्रशिक्षक भने हुने छैनन् ।’
अब पूर्व फास्ट बलर वहाब रियाज नयाँ मुख्य चयनकर्ता बन्ने अनुमान गरिएको छ । रियाजले विश्वकपका लागि टोली छनोटमा सहयोग गरेका थिए । सोहीकारण पनि बोर्डले उनलाई मुख्य चयनकर्ता बनाउन सक्ने अनुमान गरिएको छ ।
यससँगै कप्तान बाबर आजमको जिम्मेवारी खोसिन सक्ने चर्चा चल्न थालेको छ । टोलीमा अन्य नयाँ खेलाडीको प्रवेशको सम्भावना उच्च रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानको प्रदर्शन निकै निराशाजनक रह्यो । समूह चरणमा भारत र अमेरिकासँग पराजित भएको थियो । त्यससँगै सुपर-८ मा पुग्न असफल भएको थियो ।
Facebook Comment
Comment