उच्च अदालतमा सुनुवाइ पूरा नभएसम्म केजरीवाल जेलबाट नछुट्ने

नेपालभ्युज

उच्च अदालतमा सुनुवाइ पूरा नभएसम्म केजरीवाल जेलबाट नछुट्ने

काठमाडौं । प्रवर्तन निर्देशनालय (ईडी)ले कथित मदिरा घोटालामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिइएको जमानतको विरूद्ध उच्च अदालतमा पुगेको छ।

ईडीले यस विषयमा छिटो सुनुवाइको माग गरेको छ । तर, केजरीवालका वकिलहरूले ईडीको यो याचिकाको विरोध गरेका छन् ।

न्यायाधीश सुधीरकुमार जैन र रवीन्द्र डुडेजाको इजलासले छिट्टै यस निवेदनको सुनुवाइ गर्ने जनाएको छ ।

यता, उच्च अदालतले सुनुवाइ पूरा नभएसम्म केजरीवालको जमानतमा रोक लगाएको छ ।

कथित मदिरा घोटाला मुद्दामा तिहाड जेलमा रहेका केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार जमानत दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved