रास्वपाको समीक्षाबारे सोध्दा प्रधानमन्त्रीले भने- यहाँ आएर सहभागी हुनु नै समीक्षा हो

नेपालभ्युज

रास्वपाको समीक्षाबारे सोध्दा प्रधानमन्त्रीले भने- यहाँ आएर सहभागी हुनु नै समीक्षा हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवसमा सहभागी हुनु नै आफ्नो ‘समीक्षा’ भएको बताएका छन् ।

रास्वपाको दुई वर्षप्रति तपाईंको समीक्षा के छ ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, “म यहाँ आएर सहभागी हुनु नै मेरो समीक्षा हो ।”

रास्वपाले शुक्रबार दोस्रो स्थापना दिवस मनाएको छ । त्यस अवसरमा पार्टी कार्यालय, वनस्थलीमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले आफू सहभागी हुनु नै आफ्नो समीक्षा भएको बताए ।

रास्वपा सभापति रवि लामिछाने प्रचण्ड नेतृत्वको क्याबिनेटमा उपप्रधान एवम् गृहमन्त्री छन् भने रास्वपा सांसदहरू सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ क्रमश: शिक्षा र खेलकुदमन्त्री छन् ।

आफू नेतृत्वको सरकारमा भएका कारण पनि रास्वपाप्रति प्रधानमन्त्री प्रचण्ड लचक छन् । संसदीय गणितको अप्ठ्यारोका कारण प्रधानमन्त्री प्रचण्ड रास्वपालाई सरकारमा अटाउनैपर्ने बाध्यतामा छन् ।

यद्यपि शुक्रबार बिहानै एउटा कार्यक्रममा उनले नयाँ दलहरूले पुराना दलहरूको ‘सम्मान’ गर्न नसकेको अभिव्यक्ति दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved