निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

नेपालभ्युज

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

प्रधानविरूद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

गत आइतबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई आयुक्तमा सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved