सुनको भाउ एकैदिन एक हजार ९ सय रुपैयाँले बढ्यो

नेपालभ्युज

सुनको भाउ एकैदिन एक हजार ९ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य आज तोलामा एक हजार ९ सय रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन भने प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि जेठ २५ गते सुन अहिले सम्मकै महँगो एक लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यसयता भने सुनको मूल्य घटेको थियो । फेरि सुनको मूल्य उकालो लाग्न थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved