काठमाडौं । अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पलाई एउटै व्यक्तिले साढे ६ अर्ब नेपाली रुपैयाँ बराबरको चन्दा दिएका छन् ।
अर्बपति टिमोथी मेलन एक्लैले ट्रम्पलाई ५० मिलियन डलर चन्दा दिएका हुन् ।
न्यूयोर्क अदालतले ट्रम्पलाई मनी ट्रायलमा दोषी ठहर गरेको भोलिपल्टे मेलनले चन्दा दिने घोषणा गरेका थिए ।
बीबीसीका अनुसार ट्रम्पलाई चुनाव अभियानका लागि चन्दा दिनेहरुको संख्या बढ्दै गएको छ ।
त्यस्तै अर्बपति लिज र डिक उइलेनले पनि ट्रम्पलाई १० मिलियन डलर दान गरेका छन् । चन्दा रकम बढेसँगै ट्रम्पको चुनावी अभियान पनि खर्चिलो बन्दै गएको छ ।
पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति जो बाडेनभन्दा बढी खर्च गरेको रोयटर्सले जनाएको छ । मत सर्वेक्षणहरूले आगामी राष्ट्रपतीय निर्वाचन ट्रम्पले जित्न सक्ने संभावना देखाइरहेका छन् ।
सञ्चार माध्यमहरूको भनाइ छ– ट्रम्पको लोकप्रियता बढ्दो छ । युवा मतदाताबीच समेत वृद्ध ट्रम्प लोकप्रिय बनेका छन् ।
प्रचार गरिएभन्दा विपरित मजदुर, कामदार र महिला वर्गमा पनि उनको लोकप्रियता बढ्दै गएको सर्वेक्षणमा उल्लेख छ ।
Facebook Comment
Comment