गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

नेपालभ्युज

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै उनलाई मन्त्री पदबाट निलम्बनको मागसहित अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट निवेदनको पेशी आजका लागि तोकिएको हो ।

यसअघि न्यायाधीशले हेर्न नमिल्ने भन्दै पेशी सर्दै आएको थियो । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै उनीविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि विवाद सर्वोच्चसम्म पुगेको हो ।

भट्टराईले दायर गरेको मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई पनि विपक्षी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved