यी बानीले इम्यून सिस्टम कमजोर बनाउँछ, गर्नुहोस् परिवर्तन

नेपालभ्युज

यी बानीले इम्यून सिस्टम कमजोर बनाउँछ, गर्नुहोस् परिवर्तन

एजेन्सी । कोभिड-१९ को महामारीपछि यो सबैले बुझेका छन् कि इम्यून सिस्टम बलियो बनाइराख्न एकदमै जरुरी छ ।

इम्यून सिस्टम बलियो भयो भने शरीरले कुनै प्रकारको संक्रमणसँग लड्न सक्छ । बिरामी भइहाले पनि छिटो निको हुने सम्भावना रहन्छ ।

इम्यून सिस्टम बलियो बनाउन भन्दै बजारमा विभिन्न प्रकारका भिटामिन, सप्लीमेन्ट्स तथा औषधि पाइन्छन् । तर, हाम्रो जीवनशैलीसँग जोडिएका केही बानी खराब छन् भने कुनै प्रकारको सप्लीमेन्ट्सले फाइदा हुँदैन ।

यसका लागि सबैभन्दा जरुरी भनेको पहिला ती खराब बानी चिन्नुहोस् जसको कारणले तपाईंको इम्यून सिस्टम कमजोर हुन थालेको छ । आउनुहोस् जानौं ती बानीबारे-

मोबाइल, ट्याब वा ल्यापटप जस्ता उपकरणको अत्यधिक प्रयोग

लगातार यस्ता उपकरणको प्रयोगले तपाईंको आँखामा मात्र नभएर टाउको दुख्ने र तनाव जस्ता समस्या पनि हुन सक्छन् । यसका साथै धेरै समय यस्ता उपकरणको प्रयोगले निद्रा नलाग्ने समस्या हुन्छ । जसले इम्यून सिस्टम कमजोर हुन थाल्छ । त्यसैले यस्ता उपकरणको लामो समय प्रयोग गर्नबाट बच्नुहोस् ।

नशालु पदार्थको सेवन

अत्यधिक रक्सी सेवन गर्नाले स्वास्थ्यमा नोक्सान पुग्छ । यसले कयौं गम्भीर रोगको खतरा बढ्छ । यस्तै, धुमपान गर्नाले पनि हाम्रो प्रतिरक्षा प्रणाली अर्थात् इम्यून सिस्टम कमजोर हुन थाल्छ । साथमा फोक्सोलाई पनि गम्भीर नोक्सान पुर्‍याउँछ ।

जंक फूडको सेवन

बजारमा पाइने लगभग हरेक प्रशोधित खानामा नुन र प्रसोधित चिनीका साथै कुनै न कुनै प्रकारले अन्य मिसावट हुन्छ, जो स्वास्थ्यका लागि एकदमै धेरै हानिकारक हुन्छ ।

निद्राको कमी

दिनभरको थकानपछि निद्राले नै हाम्रो शरीर पुनः रिचार्ज हुन्छ । यस्तोमा अप्रर्याप्त निद्राको कारण इम्यून सिस्टम कमजोर हुन थाल्छ । यसका साथै तपाईं मोटोपन, उच्च रक्तचाप र मधुमेह जस्ता रोगको शिकार पनि हुन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved