११ देशको राजदूतमा भागवण्डा : एमालेलाई ८, रास्वपालाई २ र माओवादीलाई १

नेपालभ्युज

११ देशको राजदूतमा भागवण्डा : एमालेलाई ८, रास्वपालाई २ र माओवादीलाई १

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले राजदूतको भागबण्डा टुंगो लगाएको छ ।

बिहीबार साँझ सिंहदरबारमा भएको तीन नेताको छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा भागबण्डा टुङ्ग्याएको हो ।

उनीहरुबीच भएको समझदारी अनुसार एमालेले आठ देशको राजदूत पाउने भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने स्रोतले बताएको छ ।

२४ जेठमा मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved