काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ।
लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले मंगलबार हुलाकमार्फत उक्त जाहेरी दिएका हुन् । सो जाहरी बिहीबार दर्ता भएको युवराज पौडेल सफलले जानकारी दिए । जाहेरीमा सहकारी ठगी आरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको उनले बताए ।
काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको आरोप जाहेरीमा लगाइएको छ ।
जाहेरीमा सफलले लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको सञ्चालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुँदा स्वर्णलक्ष्मीबाट गोर्खा मिडियाको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख गरेका छन् ।
‘स्वर्णलक्ष्मी सहकारीसम्बन्धी जिल्ला प्रहरी कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदन, सहकारीसम्बन्धी निकायले गरेको अनुसन्धान प्रतिवेदन साथै विभिन्न राष्ट्रिय मिडियामा सार्वजनिक भएका तथ्यांकहरुलाई मुख्य प्रमाण मानी आवश्यक कारवाही गरि पाऊँ’, जाहेरीमा उल्लेख गरिएको छ ।
यस्तो छ जाहेरी
Facebook Comment
Comment