गर्मीले रातो भएको छालाको घरेलु उपचार

नेपालभ्युज

गर्मीले रातो भएको छालाको घरेलु उपचार

एजेन्सी ।  तेज घाममा जाँदा छालासम्बन्धी समस्या देखिन्छ । कतिपयको छाला एकदमै धेरै रातो हुन्छ । यस्तो अवस्थामा केही घरेलु उपाय अपनाएर रातो छालाबाट छुटकारा पाउन सकिन्छ ।

बरफ

बरफले अनुहारमा रातो तथा सुन्निएको ठाउँमा सेक्नुहोस् । यसले छालालाई धेरै आराम हुनेछ । सुतीको कपडामा बेरेर बरफको प्रयोग गर्नु राम्रो हुन्छ । सिधै बरफले सेक्नु हानिकारक हुन सक्छ ।

नरिवल तेल

नरिवल तेलमा एन्टी फंगल र एन्टी इन्फ्लामेटरी गुण पाइन्छ । यसले छालामा भएको एलर्जीबाट जोगाउँछ । नरिवलको तेल लगाएर आधा घण्टा राख्नुहोस् र सफा पानीले धुनुहोस् । यसरी दैनिक रुपमा तेल लगाउँदा छाला रातो हुने समस्याबाट मुक्ति पाइन्छ ।

मह

अनुहारमा महको प्रयोगले पनि छाला स्वस्थ रहन्छ । यसमा हुने एन्टी इन्फ्लामेटरी गुणले छाला रातो भएको समस्या कम गर्छ । महलाई सिधै अनुहारमा लगाउन सकिनेछ । १५ मिनेट राखेपछि सफा पानीले धुनुपर्छ ।

गुलाफ जल

गुलाफ जलमा हुने गुणले छालालाई स्वस्थ राख्ने काम गर्छ । यसको प्रयोगले सनबर्नबाट राहत पाउन सकिन्छ । यसले अनुहार तथा छालालाई चिसो बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved