रुसी राष्ट्रपति पुटिन उत्तर कोरियाबाट भियतनाम पुगे

नेपालभ्युज

रुसी राष्ट्रपति पुटिन उत्तर कोरियाबाट भियतनाम पुगे

काठमाडौं । उत्तरकोरियाको भ्रमण सकेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुगेका छन् । उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर पुटिन आज भियतनाम पुगेका हुन् ।

पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत गरेका छन् ।

भियतनामका कम्युनिष्ट नेताहरूसँग वार्ता गर्न पुटिन त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पुटिनले गत मे महिनामा आफ्नो पाँचौं कार्यकालका लागि सपथ लिएपछि चीन र उत्तर कोरियापछि दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको भ्रमण गरेका हुन् ।

पुटिन सन् २०१७ पछि पहिलो पटक भियतनाम पुगेका हुन् ।

पश्चिमा राष्ट्र विरुद्ध कम्युनिष्ट शक्तिलाई आफ्नो पक्षमा पार्ने रणनीति अनुसार उनले चिनको भ्रमण गरिसकेका छन् । चीन र उत्तर कोरियाको भ्रमणपछि पुटिनले भियतनामको भ्रमण गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved