गाजाबाट विस्थापित बालबालिका भोकमरीको चपेटामा, हजारौ शिशु अस्पतालमा उपचारत

नेपालभ्युज

गाजाबाट विस्थापित बालबालिका भोकमरीको चपेटामा, हजारौ शिशु अस्पतालमा उपचारत

काठमाडौं । द्वन्दरत गाजाबाट विस्थापित भएका शरणार्थीहरु चरम भोकमरीको सामना गरिहेका छन् ।

भोकमरीका कारण बालबालिका र महिला सबै भन्दा बढी प्रभावित भएका हुन् ।

बीबीसीका अनुसार भोकले तड्पिएका बच्चा र आमाको संघर्ष ह््दयविदारक देखिन्छ । अधिकांस बालबालिकामा कुपोषणको समस्या देखिएको छ । उत्तरी गाजाको अल अहली अस्पतालमा कुपोषणले ग्रसित सयौं शिशुको उपचार जारी छ । गाजामा युद्ध सुरु भए यता ५ वर्ष मुनिका ८ हजार भन्दा बढी बच्चा कुपोषित भएका छन् ।

खाना खान नपाएर १ हजार ६ सय भन्दा बढी बालिका अति गम्भिर अवस्थामा उपचाररत रहेको अस्पतालले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुपोषणका कारण ३२ बालबालिकाको मृत्यु भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved