एजेन्सी । आज हामी तपाईंलाई त्यस्ता टेस्ट अर्थात् जाँचका बारेमा बताउनेछौं, जो ५० वर्ष कटेपछि हरेक पुरूषले अवश्य गर्नुपर्दछ ।
कोलेस्ट्रोल
शरीरमा कोलेस्ट्रोलको उच्च मात्राले हृदयघातको खतरा बढाउँछ । यस्तोमा स्वस्थ बनिरहनका लागि पुरूषहरूले ५० वर्ष कटेपछि समय/समयमा कोलेस्ट्रोलको जाँच अवश्य गर्नुपर्दछ ।
कोलन क्यान्सर
पुरूषहरूमा कोलन क्यान्सरको जाँच ५० वर्ष कटेपछि वा त्यस अघि नै सुरू गर्नुपर्ने हुन्छ । खासगरी परिवारमा यो रोगको इतिहास छ भने अवश्य जाँच गर्नुहोस् ।
प्रोस्टेट
५० वर्ष भन्दा धेरै उमेर पुगेका पुरूषका लागि प्रोस्टेटको स्वास्थ्य पनि गम्भीर चिन्ताको विषय हो । त्यसैले बेला बेलामा प्रोस्टेटको जाँच अवश्य गराउनुहोस् ।
कान
प्रायः उमेर बढ्नुका साथै सुन्ने क्षमता पनि कम हुन्छ । यस्तोमा यससँग जोडिएका समस्याबाट बच्नका लागि समय समयमा ‘हियरिंग टेस्ट’ पनि गर्नु जरूरी हुन्छ ।
मधुमेह जाँच
मधुमेह अहिलेको समयमा धेरै व्यक्तिमा देखिने गर्छ । यस्तोमा निश्चित उमेर अवस्था पुगेपछि रगतमा सुगरको मात्रा समय समयमा जाँच गर्नुपर्दछ ।
हड्डीको घनत्व परिक्षण
बढ्दो उमेरसँगै हड्डी पनि कमजोर हुन थाल्छन् । यस्तोमा हड्डीको घनत्व जाँच समय समयमा गर्दा रोगको पहिचान समयमै गर्न सकिन्छ ।
Facebook Comment
Comment