हुम्लाका स्थानीयलाई कर्णाली तर्न तुइनको भर, ज्यान कतिबेला नदीमा खस्ला भन्ने डर

नेपालभ्युज

हुम्लाका स्थानीयलाई कर्णाली तर्न तुइनको भर, ज्यान कतिबेला नदीमा खस्ला भन्ने डर

काठमाडौं । हुम्लाको कर्णाली नदीमा अहिलेसम्म पुल बन्न नसक्दा स्थानीयलाई जोखिम मोलेर तुइनबाटै खोला तर्नुपर्ने बाध्यता छ ।

पुल नबन्दा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दा तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् ।

पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले अहिलेसम्म पुल बनाउने सुरसार नै गरेको छैन ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल नै छ । स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताए ।

रावलले भने, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढौंँ, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क्षेत्रमा यसअघि झोलुङ्गे पुल भए पनि कर्णाली कोरिडोरको सडक निर्माण गर्ने क्रममा विस्फोट गर्दा सो पुल भत्किएको थियो ।

त्यसपछि गाउँपालिका लट्ठा र तुइन दिएर सो स्थानमा तुइन जडान गरिएको हो । उक्त वडाका वडाध्यक्ष चन्द्र रावलले दुई वर्षअगाडि ठेक्का लागेको पक्की पुलको निर्माण कार्य हुन नसक्दा तीन वटा वडाका बासिन्दाले जोखिम मोलेर तुइन तर्नु परिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved