वेस्टइन्डिजसँग अफगानिस्तान १ सय ४ रनले पराजित, पावरप्लेमा सर्वाधिक रनको कीर्तिमान

नेपालभ्युज

वेस्टइन्डिजसँग अफगानिस्तान १ सय ४ रनले पराजित, पावरप्लेमा सर्वाधिक रनको कीर्तिमान

काठमाडौं । टी–२० विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १ सय ४ रनको फराकिलो अन्तरले हराएको छ ।

२ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा १ सय १४ रन बनाएर अलआउट भयो ।

जितसँगै वेस्ट इन्डिजले टी–२० विश्वकपको पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान समेत बनाएको छ । घरेलु मैदानमा बिहान भएको खेलमा वेस्ट इन्डिजले सुरुका ६ ओभरमा ९२ रन बनाएको थियो ।

यसअघि विश्वकप इतिहासमा पावर प्लेमा कुनैपनि टोलीले यति धेरै रन बनाउन सकेको थिएन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved