रुसी राष्ट्रपति पुटिन दलबल सहित उत्तर कोरिया पुग्दै, महत्वपूर्ण साझेदारीमा हस्ताक्षर हुने अपेक्षा

नेपालभ्युज

रुसी राष्ट्रपति पुटिन दलबल सहित उत्तर कोरिया पुग्दै, महत्वपूर्ण साझेदारीमा हस्ताक्षर हुने अपेक्षा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक आज उत्तर कोरियाको भ्रमण गर्दैछन् ।

पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा वार्ता गर्ने कार्यतालिका छ ।

क्रेमलिनले पुटिनको भ्रमणलाई मैत्रीपूर्ण सम्बन्धका रुपमा व्याख्या गरेको छ । पुटिनको प्योङयाङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा साझेदारी सहितका केही विषयमा हस्ताक्षर हुने रुसी मिडियाहरुले जनाएका छन् ।

पुटिनको भ्रमण दलमा रक्षा मन्त्री आन्द्रेई बेलोसोभ, विदेशमन्त्री सर्गेइ लाभरोभसहितका उच्च अधिकारी सहभागी हुने बीबीसीले जनाएको छ ।

दुई नेताबीच पछिल्लो पटक सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा भेट भएको थियो ।

सन् २००० पछि पुटिनको भने प्योङयाङको यो पहिलो भ्रमण हो । पुटिनको सम्मानमा किम इल सुङ स्क्वायरमा परेडको आयोजना गरिएको छ ।

भ्रमणका क्रममा पुटिनले कोरियामा रहेको एक मात्र चर्च ट्रिनिटीको भ्रमण गर्नेछन् ।

पुटिन प्योङयाङको कमसुसन गेस्टहाउसमा बस्नेछन् जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राखिएको थियो ।

अमेरिकाले रुस र उत्तर कोरियाबीचको गहिरिदो सम्बन्धबारे चासो राख्दै चिन्ता व्यक्त गरेको छ ।

उत्तर कोरियाको भ्रमणपछि पुटिन भियतनाम पुग्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved