न्युजिल्याण्डसँग पीएनजी ७ विकेटले पराजित

नेपालभ्युज

न्युजिल्याण्डसँग पीएनजी ७ विकेटले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकपअन्तर्गत समूह सी को अन्तिम खेलमा न्न्युजिल्याण्डले पपुवा न्युगिनी (पीएनजी)लाई हराएको छ ।

गएराति सम्पन्न खेलमा न्युजिल्याण्डले पपुवा न्युगिनी पीएनजीलाई ७ विकेटले हराएको हो । पीएनजीलि दिएको ७९ रनको लक्ष्य न्युजिल्याण्डले १२ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पूरा ग-यो ।

यसअघि टस जितेर पहिलो फिल्डिङ् गरेको न्युजिल्याण्डले पीएनजीलाई १९ दशमलव ४ ओभरमा ७८ रनमा अलआउट गराएको थियो ।

न्युजिल्याण्डका लागि फर्गुसनले ४ ओभरमा ३ विकेट लिएका थिए । उनी पुरुष टी–२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बनेका छन् । समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज ८ प्रवेश गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved