गण्डकी र बागमती सहितका प्रदेशमा वर्षा जारी, मनसुनी प्रणाली सक्रिय बन्न अझै केही दिन लाग्ने

नेपालभ्युज

गण्डकी र बागमती सहितका प्रदेशमा वर्षा जारी, मनसुनी प्रणाली सक्रिय बन्न अझै केही दिन लाग्ने
सांकेतिक तस्वीर

काठमाडौं । कोशी प्रदेश, मधेस , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भएको छ । गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

ती क्षेत्रमा गएराति देखि नै वर्षा जारी छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भइ ती क्षेत्रमा वर्षाको सम्भावना छ ।

पूर्वी भू–भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिम तर्फ सक्रिय हुन खोजे पनि पश्चिमी वायुका कारण अझै पूर्णरुपमा विकसित हुन सकिरहेको छैन । मनसुनी प्रणाली सक्रिय हुन अझै केहि दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै जिरीमा २३ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved