युरो २०२४ : युक्रेनलाई पराजित गर्दै रोमानियाको सानदार सुरुवात

नेपालभ्युज

युरो २०२४ : युक्रेनलाई पराजित गर्दै रोमानियाको सानदार सुरुवात

काठमाडौं ।   युरो २०२४ मा रोमानियाले युक्रेनलाई  ३-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।

सोमबार राति भएको समूह ‘ई’ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनमाथी ३–० गोलले विजय निकाल्दै सानदार सुरुवात गरेको हो ।

खेलको २९ औँ मिनेटमा कप्तान निकोलस स्टानसिउले गोल गर्दै रोमानियालाई अग्रता दिलाए । दोस्रो हाफको ५३ औँ मिनेटमा राजभान मारिनले टोलीको अग्रता दोब्बर बनाए भने ४ मिनेटपछि नै डेनिस ड्रागुसले तेस्रो गोल गरे ।

३ अंकसहित रोमानिया अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । युरो इतिहासमा रोमानियाको २४ वर्षपछिको यो  पहिलो जित हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved