इजरायली प्रधानमन्त्री नेतान्याहुले विघटन गरे ‘वार क्याबिनेट’

नेपालभ्युज

इजरायली प्रधानमन्त्री नेतान्याहुले विघटन गरे ‘वार क्याबिनेट’

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय ‘वार क्याबिनेट’ विघटन गरेका छन् ।

सदस्यहरू बेन्नी गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि क्याबिनेटबाट अलग भएका थिए । उनीहरू क्याबिनेटका महत्वपूर्ण सदस्य थिए ।

उनीहरू क्याबिनेट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले विघटन गरेका हुन् ।

इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्ध जस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ ।

इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको छ ।

बेनी र इसेनकोटले गाजामा तनाव अन्त्य गर्ने नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै क्याबिनेटबाट राजीनामा दिएका हुन् ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले वार क्याबिनेट गठन गरेका थिए । वार क्याबिनेटमा दुई पूर्व सेना प्रमुख पनि सदस्य बनेका छन् ।

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायली सेनामाथि हमला गरे र यस हमलामा १२०० जनाको मृत्यु भएको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३७ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved