प्रचण्डले भने- आईजीपी फेरिँदैन, हल्ला मात्रै हो

नेपालभ्युज

प्रचण्डले भने- आईजीपी फेरिँदैन, हल्ला मात्रै हो
फाइल फोटो

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरिक्षक परिवर्तन नहुने बताएका छन् ।

केही दिनयता सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी ) फेर्न लागेको चर्चा चलिरहँदा प्रचण्डले त्यस्तो नभएको दाबी गरेका हुन् ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले आफूले केही दिनअघि तीनवटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरी ढुक्कले काम गर्न भनेको जानकारी दिए ।

‘मैले अस्तिको दिन मात्रै तीनै जना आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईँहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु,’ प्रचण्डले भने, ‘ त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved